१० जेष्ठ २०८३, आइतबार | Sun May 24 2026

सशस्त्र प्रहरीका २१३ एसपी र डीएसपीको सरूवा, देशैभरका गण तथा गुल्मपति फेरिए

२५ कात्तिक, काठमाडाैँ । सशस्त्र प्रहरीका २१३ एसपी र डीएसपीको सरूवा भएको छ । सशस्त्र प्रहरीको गुल्म र गण रहेका सबै जिल्लाका प्रमुखहरू फेरिएका हुन । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले संगठनको काममा थप प्रभावकारिता ल्याउन देभैभरका गुल्म र गणपतिको सरूवा गरेका हुन । सशस्त्र प्रहरीको गणमा एसपी र गुल्ममा डिएसपीको कमान्ड रहने गरेको छ ।

सशस्त्र प्रहरीका प्रवक्ता डिअाइजी सुरज श्रेष्ठका अनुसार १ सय ५१ डिएसपी र ६२ एसपीको सरूवा भएको छ । श्रेष्ठका अनुसार महानिरीक्षक खनालले नयाँ गुल्म र गणपतिका लागि विशेष तालिम गरी प्रशिक्षण दिइएको बताए । महानिरीक्षक खनालले संगठनले ‘पफर्मेन्स बेस’ सरुवा बढुवा गर्ने उल्लेख गर्दै युनिट कमान्डरको रुपमा खटिएका अधिकृतहरूले आफ्नो कार्ययोजना तयार गरी अगाडि बढ्नुपर्ने र सोहीबमोजिम संगठनले मूल्यांकन गर्ने बताएका छन् ।

प्रकाशित मिति : November 11, 2019 at 8:56 am