‘प्याडम्यान’ बन्ने सरकारको सपना अधुरै
२५ कात्तिक, काठमाडौं । सामुदायिक विद्यालयका १४ लाख छात्रालाई मंसिरमा सेनेटरी प्याड बाँड्ने कार्य पूरा नहुने भएको छ । अहिलेसम्म कार्यविधि र बजेट व्यवस्थापन नभएकाले मंसिरभित्रै ‘प्याडम्यान’ बन्ने सरकारको सपना अधुरै रहने निश्चित भएको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मंसिर १ गतेदेखि सबै सामुदायिक विद्यालयका कक्षा ६-१२ का छात्रालाई उक्त प्याड वितरण गर्ने घोषणा गरेको थियो ।

यसअघि भने कात्तिक १ गतेदेखि वितरण गर्ने योजना सार्वजनिक गरिएको नेपाल समाचारपत्रमा खबर छ । मन्त्रालय स्रोतका अनुसार हालसम्म कार्यविधि र बजेट व्यवस्थापन नभएका कारण ढिलो भएको हो ।
प्रकाशित मिति : November 11, 2019 at 8:03 am









