१३ बैशाख २०८३, आइतबार | Sun Apr 26 2026

१३५औं फाल्गुनन्द जयन्ती: राष्ट्रपतिको सन्देश, ‘धार्मिक सहिष्णुता र अहिंसातर्फ लाग्न सकियोस्’

२५ कात्तिक, काठमाडौं । आज १३५औं फाल्गुनन्द जन्मजयन्ती विविध कार्यक्रम गरी मनाइँदै छ । किरात धर्मावलम्बीका महागुरु फाल्गुनन्दको जन्मजयन्तीका अवसरमा राष्ट्रपति विद्या भण्डारीले फाल्गुनन्दको प्रेरणादायी उपदेश र मार्गदर्शनको पालना गर्न सके धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबीच सहिष्णुता तथा सांस्कृतिक सद्भाव कायम गर्दै राष्ट्रिय एकतालाई सुदृढ एवं सबल बनाउन सक्ने विश्वास व्यक्त गरेकी छन् ।

उनले राष्ट्रिय गौरवका विभूतिको पवित्र जन्मजयन्तीको दिनमा हामी सबैमा धार्मिक सहिष्णुता, सद्भाव, अहिंसा एवं समाज सुधारको महान् अभियानमा लाग्ने प्रेरणा मिलोस् भन्ने कामना गरेकी हुन् ।

त्यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीले फाल्गुनन्द जयन्तीका अवसरमा शुभकामना दिँदै फाल्गुनन्दका जीवनसँग गाँसिएका महत्त्वपूर्ण ठाउँहरूलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्नुपर्ने बताएका छन् । ‘फाल्गुनन्दको जन्मभूमि चुक्चिनम्बा, ज्ञानभूमि फुलुङ्गी, कर्मभूमि सिलौती लोब्रे र तीर्थभूमि फक्ताक्लुङलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्नुपर्छ,’ ओलीले जारी गरेको सन्देशमा छ । पूर्वी नेपालको इलाममा जन्मिएका फाल्गुनन्दले समाज सुधारका लागि ठूलो योगदान गरेको प्रधानमन्त्रीको भनाइ छ ।

प्रकाशित मिति : 07:48