१० जेष्ठ २०८३, आइतबार | Sun May 24 2026

मन्त्री विष्टको सार्थक प्रयासः एन प्याब्सन अन्तर्गतका विद्यालय सामाजिक सुरक्षा कोषमा सूचीकृत हुने

२४ कात्तिक, काठमाडौँ । रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टको एउटा प्रयास सार्थक भएको छ । लामो समयदेखि निजी विद्यालयहरूलाइ योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रममा सहभागी गराउन मन्त्री विष्टले गरिरहेको प्रयासले आइतबार सार्थकता पाएको छ । आइतबार मन्त्री विष्टसँग भएको छलफलपछि सबै निजी विद्यालयहरु सामाजिक सुरक्षा कोषमा सहभागी हुन तयार रहेको एन प्याब्सनका अध्यक्ष ऋतुराज सापकोटाले जानकारी दिएका छन ।

मन्त्री विष्ट र राष्ट्रिय निजी तथा आवासीय विद्यालय संगठन (एन–प्याब्सन)का पदाधिकारी बीच मन्त्रालय भएको छलफलमा सो कुराको जानकारी दिएका हुन् । उक्त छलफलमा बोल्दै मन्त्री विष्टले सामाजिक सुरक्षा कोष ऐच्छिक विषय नभएको भन्दै अनिवार्य रहेको बताए । मन्त्री विष्टले सरकारले थप गरेको समय भित्रै सबै विद्यालय अनिवार्य रूपमा सूचीकृत हुन अनुरोध गरे ।

उनले संविधानले गरेको व्यवस्था र संसदबाट पारित कार्यक्रममा सबै निजि विद्यालयहरु समयसिमा भित्रै सहज सहभागी हुने अपेक्षा राखेको निजी क्षेत्रको समस्या समाधानका गर्न सरकार सधैँ तत्पर रहेको उल्लेख गरे ।  मन्त्री विष्टले समस्या बुझ्न, सहजीकरण गर्न र आवश्यक निर्णय गर्न सरकार सधै सकारात्मक तथा शिक्षा क्षेत्रको विकासमा निजी विद्यालयको योगदान महत्वपुर्ण रहँदै आएको भन्दै कोषका सन्दर्भमा देखिएका अस्पष्टता हटाउन तथा विभिन्न क्षेत्रबाट आएका गुनासाहरुलाई सम्बोधन गर्दै कार्यक्रमलाई परिमार्जित, समय सान्दर्भिक तथा वैज्ञानिक बनाउदै लगिने बताए ।

प्रकाशित मिति : November 10, 2019 at 6:16 pm