१३ बैशाख २०८३, आइतबार | Sun Apr 26 2026

भारत र चीन दुबै देशसँगको सीमा विवाद तत्काल समाधान गर्न अनेरास्ववियूको माग

२४ कात्तिक, काठमाडाैँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को भ्रातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू)ले भारत र चीनसँगको सीमा विवाद तत्काल समाधान गर्न सरकारको ध्यानाकर्षण गराएको छ । अनेरास्ववियूका संयोजक ऐन महर नेतृत्वको टोलीले अाइतबार परराष्ट्रमन्त्री पद्रीप कुमार ज्ञवालीसँग भेटगरी यस्तो माग गरेको हो । अनेरास्ववियुका संयोजक महर र सहसंयोजक रञ्जित तामाङले हस्ताक्षर गरी विषयवस्तुको बारेमा मन्त्री ज्ञवालीलाइ ज्ञापनपत्र समेत दिएका छन ।

अनेरास्ववियूले परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीलाई दिएको ज्ञापन पत्र पाँच बुँदे रहेको छ । ज्ञापनपत्र हस्तान्तरण गर्दै संयोजक महरले ऐतिहासिक तथ्य र प्रमाणको आधारमा नेपालको अभिन्न भूभागको रुपमा रहेको लिम्पियाधुरा, कालापानी र लिपुलेकमाथिको भारतीय दाबी खारेज गरी कूटनीतिक रुपमा समाधान गर्न सरकारसँग माग गरे । उनले सीमा रक्षाका निम्ति विद्यार्थीहरू जस्तोसुकै बलीदानी दिन तयार रहेको भन्दै सरकारले कुटनीतिक पहल लिनुपर्ने विषमाय ढिला गर्न नहुने बताए ।


अनेरास्ववियूले भारतसँगको विवादमा रहेका सन्धि, सीमा, व्यापारलगायतका विषय हल गर्न गठित एमिनेन्ट पर्सन ग्रुप (इपिजी)को प्रतिवेदन दुवै देशका प्रधानमन्त्रीले तत्काल ग्रहण गर्ने वातावराण बनाई समस्याको समाधान गर्न र भारत र चीन दुबै देशसँग विवादमा देखिन आएका सीमा क्षेत्रको समस्या कूटनीति पहल गरी चाँडो हल गर्न अनुरोध गरेको छ ।

प्रकाशित मिति : 16:16