विप्लव निकट अखिल (क्रान्तिकारी) का विद्यार्थी नेताले भारतविरूद्ध प्रदर्शन गर्न पाएनन्
२४ कात्तिक, काठमाडौँ । तिबन्धित नेत्रविक्रम नेकपा नेत्रविक्रम चन्द ‘विप्लव’ निकट अखिल ९क्रान्तिकारी० का विद्यार्थी नेतालाइ भारतीय विस्तारवादको विरूद्धमा पनि प्रदर्शन गर्न रोक लगाइएको छ । प्रदर्शनमा उत्रिएका विप्लवका विद्यार्थी नेता पक्राउ परेका छन । प्रहरीले प्रदर्शनमा निस्किएका विप्लवका चार जना विद्यार्थी पक्राउ गरेको हो ।

भारतले एक साताअघि सार्वजनिक गरेको नक्सामा दार्चुलाको लिपुलेक लिम्पियाधुरासमेत गाभिएको नक्सा सार्वजनिक गरेपछि त्यसको विरोधमा विप्लवनिकट विद्यार्थी आइतबार माइतिघर मण्डलामा विरोधमा उत्रेका थिए । चार विद्यार्थी पक्राउ परेको पुष्टि गर्दै प्रहरीले नाम भने गोप्य राखेको छ ।
प्रकाशित मिति : 14:53









