१३ बैशाख २०८३, आइतबार | Sun Apr 26 2026

सीमा समस्या राष्ट्रिय विषय हाे, सबै दल एक भएर अगाडि बढ्नुपर्छः पूर्वप्रधानमन्त्री भट्टराई

२३ कात्तिक, काठमाडाैँ । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा आयोजना गर्नुभएको सर्वपक्षीय बैठकमा बाेल्दै सीमा समस्या राष्ट्रिय विषय भएकाले सबै दल एक भएर अगाडि बढ्नुपर्ने बताउनुभएकाे छ । प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्रीसँग समस्या समाधानका लागि कूटनीतिक प्रयास गर्न सुझाव दिएको “उहाँले एक राजनीतिक आयोग गठन गरी भारत सरकार र भारतका प्रधानमन्त्रीसँग प्रधानमन्त्रीस्तरमा नै कूटनीतिक तवरमा संवाद गर्नुपर्छ भन्ने विषयमा मैले आफ्नो धारणा राखे”, पूर्वप्रधानमन्त्री डा भट्टराईले भन्नुभयो, “सीमा समस्यालगायत राष्ट्रिय विषयमा सबै दल एक भएर अगाडि बढ्नुपर्छ । तथ्य र प्रमाणलाई केन्द्रमा राखेर संवादमार्फत नै समस्याको हल गर्नुपर्छ ।”

राजनीतिक सङ्क्रमणकालको अन्त्यपछि सबै राजनीतिक दल आ– आफ्नो राजनीतिक कर्ममा सक्रिय भएको भए पनि राष्ट्रिय विषयमा एक ठाउँमा उभिनुपर्ने उहाँको भनाइ थियो ।

प्रकाशित मिति : 20:52