१३ बैशाख २०८३, आइतबार | Sun Apr 26 2026

सीमा अतिक्रमणबारे बालुवाटारमा सर्वपक्षीय बैठक सुरु

२३ कात्तिक, काठमाडौं । भारतले जारी गरेको नक्सामा कालापानी र लिपुलेक लगायत नेपाली क्षेत्र अतिक्रमण भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वपक्षीय बैठक बालुवाटारमा शुरू भएको छ । अन्तरदेशीय सीमाको विषय भएकाले राष्ट्रिय रुपमा समाधान धारणा बनाउन प्रधानमन्त्री ओलीले सर्वपक्षीय बैठक बोलाएका थिए ।

बैठकमा पूर्वप्रधानमन्त्रीहरु, सरकारका मन्त्रीहरु, पूर्वपरराष्ट्र मन्त्रीहरु,प्रमुख राजनीतिक दलका प्रतिनिधि लगायत सहभागी छन् । भारतले जारी गरेको नयाँ राजनीतिक नक्सामा नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरालाई आफ्नो भू–भागमा समेटेको विषयमा चर्को विरोध भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका थिए । सर्वदलीय र विज्ञहरुको परामर्शबाट समान धारणाका तयार गरिने छ ।

प्रकाशित मिति : 17:56