१३ बैशाख २०८३, आइतबार | Sun Apr 26 2026

नेपाल भारत सीमा विवादकाे विषयमा छलफल गर्न प्रधानमन्त्री ओलीद्धारा सर्वदलीय बैठक आह्वान

२२ कात्तिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले नयाँ नक्सा सार्वजनिक गरेपछि चर्किएको सीमा विवादको विषयमा छलफल गर्न सर्वदलीय बैठक आह्वान गर्नुभएकाे छ । शनिबार दिउँसाे ४ बजेका लागि बाेलाइएकाे बैठकमा सबै दलका शीर्ष नेता तथा केही विज्ञलाई  बोलाएको प्रधानमन्त्री कार्यालयले जनाएको छ। बालुवाटार स्रोतका अनुसार बैठकले सीमा विवादका विषयमा सामूहिक धारणा तय गर्ने अपेक्षा प्रधानमन्त्री ओलीको रहेकाे छ।

नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरा भारतको नक्सामा समेटिएपछि सत्तारुढ नेकपा र प्रमुख प्रतिपक्षी कांग्रेसका युवा संगठनले संयुक्त आन्दोलन चर्काइरहेका बेला सरकारले सर्वदलीय बैठक बोलाएको हो। लिपुलेक र कालापानी समेटर भारतले सार्वजनिक गरेको नयाँ नक्सा नेपाल सरकारले अस्वीकार गर्ने बताएको छ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता रविशकुमारले नक्सामा सीमा परिवर्तन नगरिएको दाबी गर्दै समस्या समाधान गर्न भारत तयार रहेको बताएका छन् ।

प्रकाशित मिति : 18:57