१३ बैशाख २०८३, आइतबार | Sun Apr 26 2026

तस्वीरमा हेर्नुहाेस् भारतीय दूतावास अगाडि विद्यार्थीकाे बिराेध प्रदर्शन

बिवश धिताल

२२ कात्तिक, काठमाडाैँ । भारतले नेपाली भूभाग मिचेको विरोधमा विद्यार्थीहरुले काठमाडौंस्थित भारतीय दूतावास अगाडि विरोध प्रदर्शन गरेका छन् । शुक्रबार बिहान ११ बजेदेखि लैनचौरस्थित भारतीय राजदूतावास जाने सडक अगाडि जम्मा भएका सयौँ विद्यार्थी र अन्य समूहले प्रदर्शन गरेका हुन्।

प्रदर्शनमा राष्ट्रवादी समूह, अनेरास्ववियुसम्वद्ध विद्यार्थी र अन्य युवाहरु सहभागी भएका थिए। उनीहरुले राष्ट्रिय झण्डा बोकेर भारतीय विस्तारवाद मुर्दाबाद, गो ब्याक इन्डिया, ब्याक अफ इन्डिया, कालापानी हाम्रो, लिपुलेक हाम्रो हो जस्ता नारा लगाएका थिए। भारतविरुद्ध मंगलबारदेखि सुरु विरोधका कार्यक्रम काठमाडौंसहित देशभर चर्किँदै गएका छन्।

सरकाले पनि भारतीय नक्साको विरोध जनाइसकेको छ। तर भारतीय विदेश मन्त्रालयका प्रवक्ता रभिशकुमारले भने भारतले नेपालको कुनै पनि भूभाग नमिचेको जिकिर गर्दै केही स्वार्थी तत्वहरुले विवाद झिक्न खोेजेको दाबी गरेका छन्।

प्रकाशित मिति : 14:01