१३ बैशाख २०८३, आइतबार | Sun Apr 26 2026

गो व्याक इन्डिया भन्दै अनेरास्ववियूले भारतीय दूतावास घेर्ने, सहभागिताका लागि महरको अपिल

२१ कात्तिक, काठमाडाैँ । अनेरास्ववियूले गो व्याक इन्डियाको नारासहित भारतीय दूतावास घेर्ने भएको छ । बिहीबार बसेको अनेरास्ववियूको बैठकले भारतीय दूतावास घेर्ने र धर्ना दिने निर्णय गरेको संयोजक ऐन महरले दैनिकीलाई जानकारी दिए । उनले कालापानी, लिपुलेक, लिम्पियाधुरालगायत नेपाली भूभाग भारतले नक्सा समेटेको विरोधमा अनेरास्ववियूले भारतीय दूतावास घेर्ने निर्णय गरेको बताए ।

संयोजक महरले कब्जाको शैलीमा भारतले नेपाली भू–भाग नक्साका समेटेको भन्दै शुक्रबार भारतीय दूतावास लैनचौर घेराउको कार्यक्रम राखेको र नक्सा नसच्याएसम्म आन्दोलन जारी राख्ने बताए । महरका अनुसार शुक्रबार मध्याह्न ११ बजे दूतावास घेराउ गर्ने कार्यक्रम तय भएको छ । १०ः३० बजे अस्कल क्याम्पसमा भेला भएर दूतावास जाने कार्यक्रम तय भएको अनेरास्ववियूले जनाएको छ ।

प्रकाशित मिति : 19:30