कास्कीकाे मुख्य निर्वाचन अधिकृतको कार्यालय नजिकै बम विस्फोट
२१ कात्तिक, कास्की । कास्कीको मुख्य निर्वाचन अधिकृतको कार्यालय छेउमा बम विस्फोट भएको छ । आउँदो मंसिर १४ गते हुने उपचुनावका लागि मनोनयनपत्र दर्ताको काम भइरहेका बेला जिल्ला निर्वाचन कार्यालय नजिकै बम बिस्फोट भएको हो । विष्फोटबाट मानवीय र भौतिक क्षति नभएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

निर्वाचन कार्यालयको करीब १०० मिटर नजिक विष्फोट भएको जिल्ला प्रहरी कार्यलय कास्कीका डिएसपी राजकुमार केसीले बताए । यससम्बन्धमा थप विवरण आउन बाँकी रहेकाे केसीले जानकारी दिए ।
प्रकाशित मिति : November 7, 2019 at 11:28 am









