१२ बैशाख २०८३, शनिबार | Sun Apr 26 2026

कालापानी र लिपुलेकबारे नेपाल सरकार बोल्यो, परराष्ट्रले जारी गर्यो नामबिहीन विज्ञप्ति

२० कात्तिक, काठमाडाैँ । कालापानी र लिपुलेकबारे नेपाल सरकारले मुख खोलेको छ । चर्को जनदबाबपछि एउटा नामबिहीन विज्ञप्ति जारी गर्दै परराष्ट्र मन्त्रालयले कालापानी नेपालको भूभाग भएको भन्दै भारत सरकारले हालै प्रकाशित गरेको नयाँ राजनीतकि नक्सा अस्वीकार्य भएको बताएको छ । परराष्ट्र मन्त्रालयको नाममा जारी विज्ञप्तिमा  एकपक्षीय ढंगबाट गरिने कुनै पनि निर्णय नेपाल सरकारलाई मान्य नहुने उल्लेख गरिएको छ ।

विज्ञप्तिमा दुई देशबीच सुल्झाउन बाँकी रहेका सीमासम्बन्धी विषयहरु आपसी सहमतिमा टुंग्याउनुपर्ने समेत बताएको छ । नेपाल तथा भारतका परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगका बैठकहरुबाट दुई देशबीचका समाधान हुन बाँकी सीमासम्बन्धी समस्याहरुको समाधानका लागि प्राबिधिकहरुको सल्लाहमा दुवै देशका परराष्ट्र सचिवहरुले काम गर्ने जिम्मेवारी दिइएको समेत परराष्ट्रले स्मरण गराएको छ । परराष्ट्रको विज्ञप्ति कसले जारी गरेको भन्ने विषयमा भने कुनै कुरा उल्लेख गरिएको छैन ।

प्रकाशित मिति : 17:39