१० जेष्ठ २०८३, आइतबार | Sun May 24 2026

काभ्रेबाट अपहरित बालकको वीरगञ्जबाट सकुशल उद्धार, प्रहरीको गोलीले ढले अपहरणकारी

२० कात्तिक, काठमाडाैँ । काभ्रेबाट अपरहरणमा परेका बालकको वीरगञ्जबाट सकुश उद्धार भएको छ । नेपाल प्रहरीले काभ्रेबाट अपहरणमा परेका बालकको वीरगञ्जमा फिराैती उठाउँदै गरेको अवस्थामा सकुशल उद्धार गरेको हो । प्रहरीले अपहरणकारी माथि गोली हानेर बालकको उद्धार र अपरहणकारीलाई नियन्त्रणमा लिएको छ । पर्सा प्रहरी प्रमुख सोमेन्द्र सिंह राठोरका अनुसार वीरगञ्जकै सिर्सिया खाल्वाटोला भन्ने ठाउँबाट बालको उद्धार गरिएको हो ।

अपहरणकारीको पहिचान खुलेको छैन । प्रहरीले पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने बताएको छ । प्रहरीका अनुसार अपहरणकारीले फिराैति लिँदै गर्दा गोली हानीएको हो । अपहरणकारीले प्रहरी माथि पेस्तोल तेर्साएपछि गोली प्रहार भएको बुझिएको छ । गोली लागेर घाइते भएका अपहरणकारीको नारायणी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाको छ ।

प्रकाशित मिति : November 6, 2019 at 8:30 am