१० जेष्ठ २०८३, आइतबार | Sun May 24 2026

तीन दिनदेखि बेपत्ता भएकी तनहुँकी एक महिला मृत भेटिइन

१९ कात्तिक, दमौली । तीन दिनदेखि बेपत्ता महिला आज मृत फेला परेकी छिन् । तनहुँको व्यास नगरपालिका–५ अलैँचेकी ४५ वर्षीया गीता सुनार मृत भेटिएकी हुन् । शनिबारदेखि हराइरहेकी सुनार घर नजिकैको खोल्सामा मृत भेटिएकी व्यास नगरपालिका–५ का वडाध्यक्ष मोहनकुमार श्रेष्ठले जानकारी दिनुभयो । उनको शव झुण्डिएको अवस्थामा फेला परेको हो ।

सुनारको शव परीक्षणका लागि दमौली अस्पताल ल्याइएको छ । घटनाबारे जिल्ला प्रहरी कार्यालयले अनुसन्धान थालेको छ ।

प्रकाशित मिति : November 5, 2019 at 8:08 pm