प्रदेश ५ को मन्त्रिपरिषद् बैठकका यस्ता छन् ४ निर्णय
१९ कात्तिक, बुटवल । सोमबार साँझ बसेको प्रदेश नम्बर ५ सरकारको मन्त्रिपरिषद् बैठकले विभिन्न ४ वटा निर्णय गरेको छ । मंगलबार बुटवलमा पत्रकार सम्मेलन गरी बैठकले गरेको निर्णय सार्वजनिक गरिएको हो । सरकारका प्रवक्ता बैजनाथ चौधरीले बैठकले प्रदेशमा ६ वटा सामाजिक विकास डिभिजन कार्यालय स्थापना गरी सञ्चालन गर्ने सरकारको निर्णय गरेकाे बताए ।

यस्तै सञ्चार प्रतिष्ठानमा अनुप बाँस्कोटालाई नियुक्त गरेको छ । यसैगरी लुम्बिनी प्रादेशिक अस्पतालको उत्तरपूर्वका सटरहरु भत्काउन पनि मन्त्रिपरिषद् बैठकले स्वीकृति प्रदान गरेको छ । यस्तै उद्योग बन तथा पर्यटन मन्त्रलायले दर्ता गर्ने प्राईभेट फर्म नियावली २०७६ लाई पनि बैठकले स्वीकृत दिएको छ । जसमा फर्म दर्ता गर्दा महिला, दलित, अपाङ्गलाई ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ ।
प्रकाशित मिति : 15:15









