१२ बैशाख २०८३, शनिबार | Sun Apr 26 2026

नेकपा सचेतक चाैधरीको गाडी सडकबाट १५० मिटर तल खस्यो, चालक प्रहरी नियन्त्रणमा

१९ कात्तिक, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की सचेत एवं प्रतिनिधिसभा सदस्य शान्ता चौधरीले प्रयोग गर्दै आएको सवारी सडकबाट १५० मिटर तल खसेर दुर्घटनामा भएको छ । सोमबार राति चौधरीलाइ घरमा छाडेर फर्कनेक्रममा गाडी दुर्घटनामा परेको हो । गाडी दाङको लमही–६ स्थित कुलमोड भन्ने स्थानबाट खोलामा खसेको छ ।

सांसद चौधरीलाई लक्ष्मीपुरस्थित घरमा छाडेर देउखुरी तर्फ फर्किदै गरेको अबस्थामा बा २ झ २८७१ नम्वरको स्कारपियो गाडी खोलामा खसेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्त डिएसपी विनोद विक्रम शाहले जानकारी दिए । चालक रतनलाल चौधरीका अनुसार चरायोले बाटो काट्दा गाडी दुर्घटनामा परेको हो । प्रहरीले चौधरीलाइ नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरिरहेको छ ।

 

प्रकाशित मिति : 10:20