१० जेष्ठ २०८३, आइतबार | Sun May 24 2026

चिकित्सकको लापरवाहीले प्रसुतीगृहमा एक शिशुको मृत्यु, अरूलाई यस्तो नपरोसः पीडित अभिभावक

१९ कात्तिक, काठमाडौँ । काठमाडौँको थापाथलीमा रहेको प्रसुतीगृहमा एक शिशिुको चिकित्सकको लापरबाहीले मृत्यु भएको भन्दै आफन्तले गुनासो गरेका छन । गोरखा आरूपोखरी घर भएकी ३५ वर्षीय ज्ञानकुमारी कुँवरले बिहान ५ः३५ बजे जन्मदिएको शिशुको चिकित्सकको लापवरबाहीले मृत्यु भएको ज्ञानकुमारीका पति कृष्णबहादुर कुँवरले दैनिकीसँग बताए । उनले चिकित्सकले बच्च सकुशल जन्मिएको भनेर सूचना दिएको तर पुनः १५ मिनेटपछि मृत्युको खबर दिएको बताए ।

उनले बच्चाको नाकमा रगतसम्म देखिएको भन्दै चिकित्सकै लापरवाहीले शिशुको मृत्यु भएको दाबी गरे । उनले आफूले यस्तो विपत्ति आइलागे पनि अरूलाइ यस्तो विपत्ति नपरोस भनेर सत्यतथ्य जानकारी गराउन सञ्चारमाध्यममा खबर गरेको बताए । कुँवेर सुत्केरी बेथा लागेपछि सोमबार बिहान पत्नी ज्ञानकुमारीलाइ प्रसुती गृह लगेका थिए । प्रसुती गृहमै अर्को एक नवजात शिशुको पनि मृत्यु भएपछि आफन्तले अस्पताल व्यवस्थापनसँग आक्रोश पोखेका छन ।

प्रकाशित मिति : November 5, 2019 at 9:27 am