१० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026

राजावादी अभियन्ता ज्ञानेन्द्र शाहीमाथि आक्रमण गर्ने रेणु दाहालका चालक अविरल पोखरेल पक्राउ

१८ कात्तिक, काठमाडाैँ । राजावादी अभियन्ता ज्ञानेन्द्र शाही माथि आक्रमण गर्ने भरतपुर महानगरकी मेयर रेणु दाहालका चालक अविरल पोखरेल पक्राउ परेका छन । जिल्ला प्रहरी कार्यालय चितवनले अाइतबार पक्राउ गरेका भरतपुर महानगरपालिका–११ निवासी ३२ वर्षीय पोख्रेल तीन महिनादेखि महानगरपालिकाको चालकको रूपमा कार्यरत रहेको बुझिएको छ ।

भरतपुर महानगरपालिकाकी उपमेयर एवं कांग्रेस नेतृ पार्वती शाही ठकुरीले पोख्रेल तीन महिनाअघि भर्ना गरिएको चालक भएको बताएकी छिन । पोख्रेल चालकको रुपमा काममा आएपछि मात्र आफूले थाहा पाएको उपमेयर ठकुरीले बताएकी छिन । महानगरका मेयर रेणु दाहालको चालक हुनेगरि भर्ना गरिएका पूर्व माओवादी कार्यकर्ता पोख्रेलले महानगरको एक सवारी हाक्दै आएका थिए।प्रहरी नायब उपरीक्षक शालिग्राम शर्मा पौडेलका अनुसार पोख्रेलललाई आइतबार साँझ पक्राउ गरिएको हो।

प्रकाशित मिति : November 4, 2019 at 10:51 pm