कालंगा हाइड्रोपावरको निर्माणाधीन शुरुङमा फसेका ४ जना मजदुर मृत भेटिए
१८ कात्तिक, बझाङ । कालंगा हाइड्रोपावरको शुरुङमा फसेका ४ जना मजदुर मृत भेटिएका छन् । बझाङको बुङ्गल नगरपालिका–१ मा निर्माणाधीन कालंगा हाइड्रोपावरको शुरुङमा फसेका ४ जना मजदुर मृत अवस्थामा फेला परेका हुन् । साेमबार काठमाडौँबाट गएको नेपाली सेनाको उद्दार टोलीले शुरुङ भित्र फसेका ४ जनालाई मृत अवस्थामा फेला पारेको हो ।

शुरुङमा परी मृत्यु हुनेमा कालंगा हाइड्रोपावरमा काम गर्ने दैलेखका गुरास गाउँपालिका–३ का कर्णबहादुर शाही, सोही ठाउँका महेन्द्रबहादुर शाही, अछामको तुर्माखाँद–६ का महेन्द्र साउँद र बुझाङको बुङ्गल नगरपालिका–१ का शेरसिंह धामी छन् । जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) गणेश बमका अनुसार ४ जना मजदुरहरु शुरुङको १३ सय मिटर भित्री क्षेत्रमा मृत फेला परेका हुन् । शुरुङ भित्र खसेको माटोमा पुरिएको अवस्थामा मृतकहरु फेला परेका डिएसपी बमले जानकारी दिए ।
प्रकाशित मिति : November 4, 2019 at 4:35 pm









