निर्माणाधीन कालंगा हाइड्रोपावरको शुरुङमा फसेर ४ जना मजदुर बेपत्ता
१८ कात्तिक, बझाङ । निर्माणाधीन हाइड्रोपावरको शुरुङमा फसेर ४ जना मजदुर बेपत्ता भएका छन् । बझाङको बुङ्गलमा निर्माणाधीन ६५ मेगावाटको कालंगा हाइड्रोपावरको शुरुङभित्र काम गर्नका लागि ३ वटा ट्याक्टर र एउटा जीपसहित आइतबार दिउँसो शुरुङभित्र छिरेका ६ जनामध्ये ४ जना मजदुर भित्रै फसेका हुन् ।

शुरुङभित्र फसेकाको उद्दारका लागि पटक पटक प्रयास गरिए पनि सफल हुन नसकिएकाे प्रहरीले जनाएकाे छ । शुरुङभित्र बेपत्ता हुनेमा अछामका महेन्द्र साउँद, बझाङका शेरसिंह धामी, दैलेखका कर्णबहादुर शाही र दैलेखकै महेन्द्र बहादुर शाही रहेका छन् । शुरुङमा फसेकाहरुको उद्दारका लागि काठमाडौँबाट उद्दार टोली मगाइएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायव उपरीक्षक गणेश बमले बताए ।
प्रकाशित मिति : November 4, 2019 at 1:42 pm









