सिन्धुपाल्चोक बस दुर्घटना अपडेटः मृतकको संख्या ९ पुग्यो, ४७ घाइते
१७ कात्तिक, काठमाडौँ । सिन्धुपाल्चोकको सुकुटेमा भएकाे बस दुर्घटनामा मृत हुनेकाे संख्या ९ पुगेको छ । आइतबार दोलखाको सैलुङ गाउँपालिका मागा देउरालीबाट काठमाडौँ आउँदै गरेको बा २ ख ७२४५ नम्बरको बस सुनकोशी नदीमा खस्दा ९ जनाको मृत्यु भएको सिन्धुपाल्चोक प्रहरीले जनाएकाे छ । दुर्घटनामा परी अन्य ४७ जना घाइते भएका छन् ।

प्रकाशित मिति : November 3, 2019 at 4:04 pm









