१२ बैशाख २०८३, शनिबार | Sun Apr 26 2026

मेडिकल काउन्सिलको अध्यक्षमा डा. भगवान कोइराला नियुक्त

१७ कात्तिक, काठमाडौँ । सरकारले मेडिकल काउन्सिलको अध्यक्षमा डा. भगवान कोइरालालाई नियुक्त गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको हो । मुटु रोग विशेषज्ञ डाक्टर कोइराला यसअघि त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक र शहिद गंगालाल हृदय रोग केन्द्रका निर्देशक थिए ।

शिक्षा मन्त्री गिरिराजमणि पोखरेल नेतृत्वको समितिले कोइरालाको नाम त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि सिफारिश गरेको थियो । आइतबार बसेको मन्त्रिपरिषदले गरेका अन्य निर्णयहरु भने सार्वजनिक गरिएको छैन । सरकारले साप्ताहिक रुपमा हरेक बिहीबार पत्रकार सम्मेलनमार्फत मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्दै आएको छ ।

यसैबीच, स्वास्थ्य समस्यासँग जुधिरहेका प्रधानमन्त्री केपी शर्मा ओली आइतबारको बैठकमा पूरा समय बसेका छन् । करिब डेढ घण्टासम्म बसेको बैठकको पूराअवधि बैठकमा बसेको एक मन्त्रीले बताए । मन्त्रिपरिषद बैठक बस्नु अघि प्रधानमन्त्री ओलीले त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुगेर फोक्सोको एक्सरे गरेका थिए ।

प्रकाशित मिति : 14:14