युवा संघले टुंग्यायाे ७७ वटै जिल्ला कमिटीकाे एकीकरण, कसको भागमा कुन जिल्ला ? (सूचीसहित)
१७ कात्तिक, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सम्बद्ध राष्ट्रिय युवा संघ नेपालले जिल्ला कमिटीहरूको ७७ वटै जिल्ला कमिटीकाे एकीकरण टुंग्याएको छ । युवा संघ कार्यालयमा शनिबार बसेको बैठकले ७७ जिल्ला कमिटीकै भागबण्डा टुंगो लगाएको हो ।

७७ जिल्ला कमिटीमध्ये तत्कालीन एमालेनिकट युवा संघले ४२ जिल्ला अध्यक्ष पाउने भएको छ । त्यस्तै, साविक योङ कम्युनिस्ट लिग (वाईसीएल) ले ३५ जिल्लाको अध्यक्ष पाउने गरी सहमति भएको आइतबार जारी विज्ञप्तिमा उल्लेख छ । त्यस्तै, वाईसीएलले ४२ जिल्लाको इञ्चार्ज र युवासंघले ३५ जिल्लाको इञ्चार्ज पाएको छ । नेतृत्वको टुंगो वरिष्ठता र सक्रियताका आधारमा १ हप्ताभित्र लाग्ने बताइएकाे छ । त्यसैगरी, संघले कात्तिक ३० गते समितिको बैठक र मंसिर १ मा राष्ट्रिय भेला बोलाउने निर्णय पनि गरेको छ ।
संघले उपनिर्वाचनका लागि किरण पौडेलको नेतृत्वमा प्रचार प्रसार समितिसमेत गठन गरेको छ । समितिमा प्रभात कटुवाल, ज्ञानेन्द्र गुरुङ, पुष्प ओली, रोशन बस्नेत, प्रकाश गौतम, नवीन खड्का र प्रकाश लामिछाने छन् । युवा संघले प्रदेश, जिल्ला, महानगर र उपमहानगरपालिका इञ्चार्ज तथा सहइञ्चार्जमा केन्द्रीय समितिका सदस्यहरूलाई पठाउने निर्णय गरेको छ ।
हेर्नुहाेस् विज्ञप्तिः



प्रकाशित मिति : 11:43









