डायलाइसिसकाे लागि प्रधानमन्त्री ओली ग्राण्डी अस्पतालमा
१७ कात्तिक, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली आइतवार(आज) पुन अस्पताल जानुभएकाे छ । प्रधानमन्त्री ओली डायलाइसिस गर्नका लागि आइतवार(आज) धापासीस्थित ग्राण्डी अस्पताल जानुभएकाे बताइएकाे छ । प्रधानमन्त्री ओलीकाे रगतमा पानीको मात्रा धेरै भएपछि गएको बुधबार र बिहीबार रगतलाई शुद्ध बनाउन गरिने डाइलासिस अन्तर्गत अल्ट्रा फिल्ट्रेसन गरिएको थियो । उहाँको रगतमा क्रेटिनाइनको मात्रा बढी देखिएकाले अब नियमित डायलासिस गर्नुपर्ने डाक्टरले बताएका छन् ।

१२ वर्षअघि फेरिएको मिर्गौलाले काम नगरेपछि अब कि नियमित डायलासिस गर्नुपर्ने कि फेरि पनि मिर्गौला प्रत्यारोपण गर्नुपर्ने हुनसक्ने डाक्टरले बताएका छन् । तर बुधबार र बिहिबार गरिएका जाँचको रिपोर्ट आएपछि मात्र थप निर्णय गर्ने डाक्टरहरुको तयारी छ ।
शनिवार नेकपाको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले मिर्गौलाले राम्रोसँग काम नगरेको जानकारी गराउनुभएकाे थियाे । प्रधानमन्त्री ओलीले आजै मन्त्रिपरिषद् बैठक बाेलाउनुभएकाे छ । त्यस्तै सत्तारुढ दल नेकपाको सचिवालय बैठक पनि आज बस्दैछ ।
प्रकाशित मिति : 10:49









