१२ बैशाख २०८३, शनिबार | Sun Apr 26 2026

आज मन्त्रिपरिषद् बैठक र सचिवालय बैठक बस्दै

१७ कात्तिक, काठमाडाैँ । आज मन्त्रिपरिषद् बैठक र सचिवालय बैठक बस्दैछ । मन्त्रिपरिषद्को बैठक बिहान ११ बजेको लागि डाकिएको छ । अघिल्लो हप्ता प्रधानमन्त्री असंलग्न आन्दोलनको दोस्रो शिखर सम्मेलनमा गएका कारण मन्त्रिपरिषद्को बैठक बस्न सकेको थिएन । त्यसैले रोकिएका कतिपय निर्णय गर्नका लागि आज बैठक बोलाइएको हाे ।

मन्त्रिपरिषद् बैठकपछि सचिवालय बैठक पनि बोलाइएको छ । मन्त्रीपरिषद् कति लामो बस्छ त्यस अनुसार सचिवालयको समय तय हुने बताइएकाे छ । सचिवालय बैठकले उपनिर्वाचनका लागि पार्टीको तर्फबाट उम्मेद्धारको टुंगो लगाउने छ ।

 

प्रकाशित मिति : 10:32