१२ बैशाख २०८३, शनिबार | Sun Apr 26 2026

चट्याङका बारेमा व्यापक खोज र अनुसन्धान आवश्यक छः पूर्व प्रधानमन्त्री खनाल

१६ कात्तिक, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले चट्याङलाई सामान्य रूपमामात्र बुझ्न नहुने बताउनुभएको छ । शुक्रबार ललितपुरमा आयोजति चट्याङ् सम्बन्धी कार्यशालाको उद्घान गर्दै पूर्व प्रधानमन्त्री खनालले नेपालीले लामो समयदेखि भोग्दै आएको एउटा विपत्ति चट्याङ रहेको र यसबाट वर्षेनी झण्डै तीन सय मानिसकोमात्र मृत्यु हुने गरेको भन्दै सुरक्षाका निम्ति पूर्व तयारी गर्नुपर्ने बताउनुभयो ।

खनालले चट्याङले विश्वका धेरै ठाउँमा ठूलठूला नोक्सानी गरेको बताउँदै नेपालमै पनि ठूलो मानवीय क्षति, सोहीमात्र पशु चौपायको क्षति र कतिपय अवस्थामा सम्पदासहिको भौतिक संरचनामा क्षति पुगिरहेको भन्दै पर्याप्त जनचेतनाको अभावमा यसबाट बच्न कठिन हुने बताउनुभो । उहाँले आफू प्रधानमन्त्री हुँदा चट्याङकै कारण स्वयम्भुको डाँडामा रहेको प्रातपुरको मन्दिर चड्याङकै कारण ध्वस्त भएको सम्झना गर्दै चट्याङ्का विषयमा व्यापक र खोज र अनुसन्धान हुनुपर्ने बताउनुभयो ।

उहाँले चट्याङ्बाट सुरक्षित हुनु भनेको समाज र राष्ट्रलाई जोगाउनु हो भन्दै यसका बारेमा पाठ्यक्रममै राखेर स्कुलदेखि नै बालबालिकालाई पर्याप्त सूचना र जानकारी दिनुपर्ने बताउनुभयो । सरकारले अहिले केही गरिरहेको भए पनि पर्याप्त नभएको भन्दै उहाँले ध्यानाकर्षण समेत गराउनुभयो । खनालले चट्याङको बारेमा नेपालमा विज्ञान प्रविधि मन्त्रालयले हेर्नु पर्ने भए पनि गृहमन्त्रालयले हेरिरहेको भन्दै यस्ता नमिलेको विषय मन्त्रालयको पुनर्संरचना मार्फत भए पनि मिलाउनु पर्ने बताउनुभयो ।

उहाँले विपद्सम्बन्धी विषयमा विज्ञता हाँसिल गरिरहेका विज्ञहरूले पनि सरकारलाई सुझाव दिनुपर्ने र समय समयमा घचघचाउनुपर्ने बताउनुभयो । यस्ता कामको खोज अनुसन्धानमा कति बजेट खर्च हुन्छ रु कसरी काम गर्न सकिन्छ र कसरी बढी भन्दा बढी समूदयसम्म सचेतना कार्यक्रम लैजान सकिन्छ भन्ने विषयमा विस्तृतमा सोच्नुपर्ने बताउनुभयो ।

चट्याङबाट बच्ने मुख्य तीन उपाय 

१. चट्याङप्रतिरोधी घरः घरको माथि तामाको त्रिशुल वा रड राखेर त्यसलाई जीआइ पाताले जोडेर घर मुनि माटोमा लगेर गाड्ने र त्यहाँ त्यसलाई तामाको पाताले जोड्दा चट्याङबाट जोगिन सकिन्छ ।

२. सावधानीः बिहानको समयमा खेतबारीमा जान तथा घाँसदाउरा बटुल्ने काम गर्न र दिउसो ३ देखि ४ बजेपछिको समय बढी चट्याङ पर्ने भएकाले त्यतिबेला सकेसम्म घरमै रहन विज्ञहरुको सुझाव रहेको छ ।

३. उच्चस्थानमा सतर्कताः चट्याङ परेको समयमा अग्लो ठाउँ वा अग्ला टावरको नजिक नबस्न र अग्ला रुखमुनि ओत नलाग्न विज्ञहरुको सुझाव छ। प्रायजसो जमीन र बादलको दुरी कम भइरहने पहाडी भूभागमा विशेष सजग रहनुपर्ने उनीहरुको मत छ।

प्रकाशित मिति : 10:41