प्रधानमन्त्री ओलीका सुरक्षागार्ड मेजर राजेन्द्रबहादुर शाही पनि जुवाकै खालबाट समातिए
१६ कात्तिक, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीका सुरक्षागार्ड नेपाली सेनाका सेनानी (मेजर) राजेन्द्रबहादुर शाही जुवाको खालबाट नगदसहित पक्राउ परेका छन । काठमाडाैँको टोखा नगरपालिका वडा नम्बर १० मा सोमबहादुर मगरको घरमा जुवा खेलीरहेको अवस्थामा शाहीसहति अन्य ८ जना पक्राउ परेका हुन । प्रहरीका अनुसार उनी विदामा बसेका दिन जुवाखालबाट समातिएका हुन ।

महानगरीय प्रहरी विभाग गोंगबुले उनीहरुलाई शुक्रबार राति एक लाख ५९ हजार रुपैयाँ नगदसहित सोमबहादुर मगरको घरमा चलाइएको जुवाखालबाट पक्राउ गरेको हो । पक्राउ परेकाहरूलाई हिरासतमा राखी कारबाही अघि बढाइएको महानगरीय प्रहरी वृत्त महाराजगन्जका डिएसपी उमेश लम्सालले जानकारी दिनुभयाे । पक्राउ पर्ने अन्यमा टोखा नगरपालिका १० का सोमबहादुर मगर, मानकाजी गुरुङ र धर्म शाह रहेका छन् । रामेछापको सुनापतिका बुद्धिलाल मगर, गोरखाका जित गुरुङ, किरणजंग शाह र सुर्खेत खानीखोलाका निरज राणा रहेको लम्सालले बताउनुभयाे ।
प्रकाशित मिति : November 2, 2019 at 8:23 am









