आइतबार सार्वजनिक बिदा
१५ कात्तिक, जनकपुर । कात्तिक १७ गते आइतबार सरकारले सार्वजनिक बिदा दिएको छ । छठ पर्वको अवसरमा प्रदेश २ सरकारले सार्वजनिक बिदा दिएको हो ।

यस पटकको छठ पर्व शनिबार र आइतबार गरी दुई दिन परेकाले आइतबार सार्वजनिक बिदा दिएको प्रदेश २ सरकारले उल्लेख गरेको छ । नेपालको तराई भागमा छठ पर्व धुमधामका साथ मनाइने गरिन्छ ।
प्रकाशित मिति : November 1, 2019 at 3:10 pm







