जन्मदिन मनाउने नयाँ शैलीको सुरूवातः उपहारमा चम्सुरको सागदेखि मुलासम्म (फोटोफिचर)
१५ कात्तिक, काठमाडौँ । जन्मदिन मनाउने पश्चिमा शैलीको दबदबा बढीरहेकै समयमा एउटा नयाँ शैलीको विकास गर्ने प्रयास सुरू भएको छ । सामान्यतया केक काटेर हजारौँ रूपैयाँको रक्सीको भोज गर्ने प्रचलन बढीरहेको समयमा नयाँखालको शैली आउँदा केही अचम्म लागेपनि जीवनउपयोगी हुने शैलीले प्रशंसा भने पाएको छ । शिलापत्रका कार्यकारी सम्पादक डिल्ली आचार्यको जन्मदिनमा अन्य तीन पत्रकारले तरकारी र फलफुल उपहार दिएर यस्तो शैली सुरूवात गरेका हुन ।

आचार्यको जन्मदिनको शुभकामना दिन पुगेका पत्रकारत्रय पुरूषोत्तम बस्नेत, अमृतनाथ तिमल्सिना र वाइपी घिमिरेले तरकारी र फलफुल उपाहार दिएका हुन । उनीहरूले उपहारमा फर्सी, मुला, गोलभेँडा, भ्याण्टे खुर्सीनी, चम्सुर, पालुंगो, घ्युसिमी, स्याउ लगायत उपहार दिएका हुन । उपहार पाएसँगै दंग परेका आचार्यले सामाजिक सञ्जालमा आन्द लाग्ने उपहार भन्दै खुशी प्रकट गरेका छन ।
(जन्मदिनको उपहार दिने यो मैलिक तरिका अनुकरणीय र प्रशंसनीय रहेको छ । यसको प्रचार समेत आवश्यक ठानेर सकारात्मक सामाजिक जागरणका लागि दैनिकीले यस विषयमा समाचार तयार पारेको हो ।-सम्पादक)

प्रकाशित मिति : November 1, 2019 at 12:10 pm









