१२ बैशाख २०८३, शनिबार | Sat Apr 25 2026

अस्पतालबाट फर्कदा प्रधानमन्त्री ओलीमा देखिएको आत्मविश्वाससहितको मुस्कान (फोटोफिचर)

१४ कात्तिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्यलाभ गरी प्रधानमन्त्री निवास बालसवाटार फर्किएका छन । ओलीका प्रेस संयोजक चेतन अधिकारीले सार्वजनिक गरेको तस्बिरमा प्रधानमन्त्री तन्दुरुस्त देखिएका छन । प्रधानमन्त्री नियमित स्वास्थ्य परीक्षणका क्रममा बुधबार बिहान ग्राण्डी अस्पतालमा पुगेका थिए । तर चिकित्सकले डायलिसियस गर्नुपर्नेभएपछि प्रधानमन्त्रीलाइ भर्ना गरेका थिए । ओली स्वास्थ्य उपचार सकेर बिहीबार अबेर प्रधानमन्त्री निवास बालुवाटार फर्किएका हुन । अस्पतालबाट फर्कदै गर्दा ओलीमा देखिएको आत्मविश्वासससहितको मुस्कानको अहिले सामाजिक सञ्जालमा चर्चा भैरहेको छ ।

प्रकाशित मिति : 21:30