९ जेष्ठ २०८३, शनिबार | Sat May 23 2026

प्रधानमन्त्री ओली आजै डिस्चार्ज हुँदै, यस्ताे छ अस्पतालकाे विज्ञप्ति

१४ कात्तिक, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई आजै डिस्चार्ज गरिने ग्राण्डी अस्पतालले बताएको छ । प्रधानमन्त्री ओली बुधबार अस्पताल भर्ना हुनुभएकाे थियाे । प्रधानमन्त्री ओलीकाे बुधबार र बिहिबार दुई पटक डायलासिस गरिएको छ ।

प्रेस विज्ञप्ति जारी गर्दै अस्पतालका मेडिकल डाइरेक्टर चक्रराज पाण्डे र नोफ्रोलोजी विभागका अध्यक्ष डा. दिव्यासिंह शाहले  प्रधानमन्त्रीको अवस्था सामान्य रहेको र आजै डिस्चार्ज गर्ने तयारी रहेकाे बताएका छन् । प्रधानमन्त्री ओलीलाई फेरि डायलासिस गर्नुपर्ने वा नपर्नेबारे रगतको रिपोर्ट आएपछि चिकित्कसहरुले निर्णय गर्ने मेडिकल डाइरेक्टर पाण्डेले बताए ।

प्रकाशित मिति : October 31, 2019 at 5:42 pm