९ जेष्ठ २०८३, शनिबार | Sun May 24 2026

प्रधानमन्त्री ओलीको दोस्रो डाइलासिस सकियो

१४ कात्तिक, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा  ओलीको दोस्रो डाइलासिस सकिएको छ । बुधबार काठमाडौँको ग्राण्डी अस्पतालमा भर्ना  हुनुभएका प्रधानमन्त्री ओलीको दोस्रो डाइलासिस बिहीबार दिउँसो सकिएकाे अस्पताल स्रोतले बताएकाे छ । प्रधानमन्त्री ओलीको पहिलाे डाइलासिस भने बुधबार नै गरिएकाे थियाे ।  अनुसार उनको दोस्रो डाइलासिस  सकिएको हो ।

२०६४ सालमा  प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण गरिएको थियो । त्यसपछि सिंगापुरमा नियमित स्वास्थ्य परीक्षण गराइरहनुभएका प्रधानमन्त्रीको गत महिना प्लाज्मा फेरेसिस गरिएको थियो । प्रधानमन्त्रीको उपचार गर्ने अस्पताल र प्रधानमन्त्रीको निजी सचिवालयले प्रधानमन्त्रीको पछिल्लो स्वास्थ्य अवस्थाबारे जानकारी दिएका छैनन् । बुधबार साँझ ग्राण्डी अस्पतालले जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य रहेको र केही परीक्षणको रिपोर्ट आएपछि फर्किने उल्लेख गरिएको थियो ।

प्रकाशित मिति : October 31, 2019 at 3:38 pm