१२ बैशाख २०८३, शनिबार | Sat Apr 25 2026

प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगेका नेताहरु चिकित्सकसँग कुरा गरेर फर्किए

१४ कात्तिक, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगेका नेताहरुले प्रधानमन्त्री नभेटी फर्किएका छन् । नेकपाका प्रवक्ता एवम् सचिवालय सदस्य नारायणकाजी श्रेष्ठ र नेता भीम रावललगायत ओलीको अवस्था बुझ् ग्राण्डी अस्पताल पुगे नेताहरुले प्रधानमन्त्री ओलीलाई भने भेट्न पाएनन् । नेकपा प्रवक्ता श्रेष्ठले अस्पतालका निर्देशक चक्र राज पाण्डेसँग प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको बताए ।

प्रवक्ता श्रेष्ठले चिकित्सकहरुले प्रधानमन्त्रीको अवस्था एकदमै ठीक रहेको भनेर आफूलाई जानकारी दिएको बताएका छन् । यस्तै, नेता भीम रावलले पनि प्रधानमन्त्री ओलीको मिर्गौलाको डायलाइसिस भइरहेकाले भेट्न नपाएको बताए ।

‘अहिले प्रधानमन्त्रीज्यूको मिर्गौलाको डायलासिस हुँदै छ । चिकित्सकहरुले डायलासिसको आधा प्रक्रिया पूरा भएको जानकारी दिएका छन्,’ रावलले भने, ‘हामीले प्रधानमन्त्रीज्यूलाई भेट्न पाएनौं । चिकित्सकहरुसँगै उहाँको स्वास्थ्य अवस्था बुझ्यौं ।’

प्रकाशित मिति : 14:15