गुल्मीमा जिप दुर्घटना हुँदा २ जनाकाे मृत्यु, घाइते श्रीमती र छोरीलाई गाडीमै छाडेर चालक फरार
१४ कात्तिक, बुटवल । गुल्मीमा जिप दुर्घटना हुँदा २ जनाकाे मृत्यु भएकाे छ । बुधबार राति मुसिकोट नगरपालिका–९, अर्लाङकोटमा लु१च ३५१४ नम्बरको जिप दुर्घटना भएको हो । आफ्नै श्रीमती, छोरी र सासु सवार गाडी सडकबाट तल खसेर दुर्घटना भएको अवस्थामा चालक ज्ञानबहादुर विक भने फरार भएका हुन् ।

जिप सडकबाट करिब दुई सय मिटर तल खसेको प्रहरीले जनाएकाे छ । मृत्यु हुनेमा ज्ञानबहादुरकै सासु मसुरी विक र अर्लाङकोटका अन्दाजी ७५ वर्षीय रामप्रसाद खरेल छन् । चालक ज्ञानबहादुरका श्रीमती, छोरीसहित तीन जना घाइते भएका छन् । मृतक दुवैको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल ल्याइएको छ ।
प्रकाशित मिति : October 31, 2019 at 11:00 am









