रौतहटकाे गाैरमा गोली चल्यो, भारतीय नागरिक घाइते
१३ कात्तिक, रौतहट । रौतहटको गौरमा एक जना व्यक्तिमाथि गाेली प्रहार भएकाे छ । बुधबार साँझ रौतहटको गौर नगरपालिकामा –३ स्थित विद्युत प्राधिकरणको कार्यालय नजिकै अज्ञात व्यक्तिको गोली प्रहारबाट भारतीय नागरिक ४० वर्षीय विजय गुप्ता घाइते भएका हुन् ।

गुप्ताको पेटमा गोली लागेको छ । उनलाई उपचारका लागि जिल्ला अस्पताल गौर ल्याइएको छ । गोली कसले र किन चलाएको भन्ने विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएकाे छ ।
प्रकाशित मिति : October 30, 2019 at 9:01 pm









