९ जेष्ठ २०८३, शनिबार | Sun May 24 2026

तादी खाेलाले बगाएर नुवाकाेटका ९ वर्षीय बालककाे मृत्यु

१३ कात्तिक, नुवाकोट । बेलकोटगढी नपा–१२ घोडगाढका ९ वर्षीय बालक विप्लव मिजारको तादी खोलाले बगाउँदा मृत्यु भएको छ । आज तादी खोलामा पौडी खेल्ने क्रममा मिजारलाई खोलाले बगाएको हो । खोलाले बगाउँदै गर्दा उद्धार गरी विदुरको चक्रदेव पोलिक्लिनिकमा उपचार गर्ने क्रममा मिजारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

विशाल मिजारका छोरा विप्लव काठमाडौँ बस्दै आएका थिए । उनी तिहार मनाउनका लागि गाउँमा आएका थिए । मिजार साथीसँगै खोलामा पौडी खेल्न गएका थिए ।

प्रकाशित मिति : October 30, 2019 at 7:30 pm