नेवार समुदायले आज भाइटीका लगाउँदै
१३ कात्तिक, काठमाडाैँ । अधिकांश नेवार समुदायले आज भाइटीका लगाउँदैछन् । उपत्यकाका नेवार समुदायले आज मात्रै भाइटीका मनाउँदैछन् । नेपाल पञ्चाङग निर्णायक समितिको निर्यण अनुसार हिजो अर्थात् मंगलबार नै बाँकीले भाइटीका मनाइए छन । नेवार समुदायले मनाउने किजा पुजा अर्थात भाइटीकाको लागि आज सरकारले सार्वजनिक बिदा दिएको छ ।
भाइटीकाको दिन दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परा अनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाइदिने चलन छ । दिदीबहिनीले लगाएको तेलको घेरो र मखमली माला नसुकुञ्जेल दाजुभाइलाई आजको भाइटीकाको प्रसादको कामनाले केही हुँदैन भन्ने सामाजिक विश्वाससमेत छ ।

दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ । दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष डाक्टर रामचन्द्र गौतमले बताएका छन ।
प्रकाशित मिति : October 30, 2019 at 9:01 am









