१२ बैशाख २०८३, शनिबार | Sat Apr 25 2026

भाइपूजाको अघिल्लो दिन नेकपाका अध्यक्षद्वय ओली र प्रचण्डबीच भेटवार्ता

१२ कात्तिक, काठमाडाैँ । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ । प्रधानमन्त्री ओली आइतबार अजरबैजानबाट फर्किएपछि प्रधानमन्त्री निवास बालुवाटारमा उहाँहरुबीच सोमबार भएको भेटघाटका क्रममा समसामयिक विषयमा छलफल भएको अध्यक्ष ‘प्रचण्ड’का प्रेस सल्लाहकार विष्णु सापकोटाले राससलाई जानकारी दिनुभयो ।

प्रधानमन्त्री ओली अजरबैजानको राजधानी बाकुमा आयोजना भएको असंलग्न आन्दोलन (नाम) का सदस्य राष्ट्रका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखको १८औँ शिखर सम्मेलनमा सहभागी भई आइतबार स्वदेश फर्किनुभएको हो । प्रेस सल्लाहकार सापकोटाले भन्नुभयो,“प्रधानमन्त्री अजरबैजानबाट फर्किएपछि दुई अध्यक्षबीच अस्ति भेटघाट हुने कुरा थियो, अस्ती समय नमिलेपछि हिजो भेटघाट भएको हो । भेटमा प्रधानमन्त्रीको विदेश भ्रमण र अरू दैनिक घटनाक्रम भन्दा अन्य कुनै पनि विषयमा छलफल भएको छैन ।”

प्रकाशित मिति : 06:20