९ जेष्ठ २०८३, शनिबार | Sun May 24 2026

भिआइपी जुवाडेको घरमा बसेर भाइटीका लगाउने रहर अधुरै, सर्वोच्चले हिरासतमै फर्काइदियो

११ कात्तिक, काठमाडाैँ । काठमाडौंको महाराजगन्जबाट शनिबार रात्री पक्राउ परेका भिआइपी जुवाडेहरूको घरमा बसेर तिहार मनाउने योजनामा तुषारापात भएको छ । विचाैलिया लगाएर बन्दीप्रत्यक्षीकरणको माध्यमबाट हिरासतमुक्त हुन खोजेका ६ जना भिआइपी जुवाडेको योजना तुहिएको हो । उनीहरूले विचाैलिया मार्फत सेटिङ मिलाए पनि सर्वोच्चले समय अभाव भएको भन्दै बुधबारका लागि बोलाउँदै सोमबार फर्काइदिएको छ ।

आइतबार भिआइपी जुवाडेहरू पवित्रकुमार कार्की, श्रवणकुमार गोयल, बलराम सापकोटा, पवनकुमार गुप्ता, विक्रम गौतम र मुक्ती लामाका तर्फबाट संयुक्त रूपमा बन्दी प्रत्यक्षीकरण रिट सर्वोच्च अदालतमा परेको थियो । सर्वोच्चले सोमबारका लागि अदालतमा उपस्थित गराउन प्रहरीलाइ निर्देशन दिएको थियो । प्रहरीले उपस्थित पनि गरायो तर केही सूचनाहरू पहिल्यै चुहिएपछि सर्वोच्चले उनीहरूलाइ पुन हिरासतमै फर्काइदिएको छ।

प्रहरीले उनीहरूको जुवाको खालबाट २ करोड ६७ लाख रुपैयाँ नगदसमेत बरामद गरेको थियो । पक्राउ परेका जुवाडेहरूमा बलराम सापकोटा, श्रवण गोयल, सोभित सिलवाल, प्रदीप बोगटी, रामकृष्ण केसी, इन्दु श्रेष्ठ, रञ्जन राजवंशी, सीताराम खड्का, रोशन तामाङ, राम तामाङ, कृष्ण भण्डारी, सुमन गुरुङ, सुमन अग्रवाल, सोदेल कार्की, पवन अग्रवाल, पवित्रकुमार कार्की, बलराम सापकोटा, मुक्ति लामा, भक्त तामाङ, शम्भु बुढाथोकी, प्रेम थापामगर, अशोक श्रेष्ठ रहेका छन् । यसैगरी हलामप्रसाद पराजुली, बुद्ध लामा, थम्कु शेर्पा र नवाङ लामा रहेका छन् ।

प्रकाशित मिति : October 28, 2019 at 5:36 pm