९ असार २०८३, मंगलबार | Tue Jun 23 2026

दोलखा उद्योग वाणिज्य संघका अध्यक्ष इन्द्र श्रेष्ठ मध्यरातमा जुवाखालबाट लाखाैँ रूपैयाँसहित पक्राउ

१० कात्तिक, दोलखा । दोलखा उद्योग वाणिज्य संघका अध्यक्ष इन्द्रबहादुर श्रेष्ठ लाखौँ रूपैयाँसहित जुवाको खालबाट समातिएका छन । उनी शनिबार मध्यरातमा काठमाडौँको एक भिआइपी जुवाखालबाट लखौँ रूपैयाँसहित समातिएका हुन । उनी महाराजगञ्ज प्रहरीको हिरासतमा रहेका छन । काठमाडौँको महाराजगञ्जमा रहेको सम्भाला होटल पछाडीपट्टिको विक्रम गौतमको घरमा बसेर जुवा खेलिरहेको अवस्थामा श्रेष्ठसहित २५ जना जुवाडे पक्राउ परेका छन । श्रेष्ठ नेपाली कांग्रेसका नेता समेत हुन । उनी कांग्रेसकै कोटामा संघको अध्यक्ष भएका हुन ।

यसअघि पनि पटक पटक जुवाखालबाट पक्राउ परेका श्रेष्ठ केही वर्षअघि गृह जिल्ला दोलखाबाट जुवाकाो खालबाट रंगेहात पक्राउ परेका थिए । श्रेष्ठ त्यसबेलाको जुवाको मुद्दा अहिले पनि लडिरहेका छन । जिल्ला अदालत दोलखा र उच्च अदालतले उनलाइ दोषी ठहर गरेको छ । उनी फेरि सोही प्रकृतिको मुद्दामा प्रहरी हिरासतमा पुगेका छन। यसरी फाैजदारी मुद्दा लागेका व्यक्ति उद्योग वाणिज्य संघको नेतृत्वका लागि  अयोग्य मानिन्छ । श्रेष्ठ केही महिनाअघि मात्र दोलखा उद्योग वाणिज्य संघमा विजयी भएका थिए । प्रहरीले जुवाडेहरूको साथबाट दुई करोड ६७ लाख नगदसमेत बरामद गरेको छ ।

श्रेष्ठसँगै पक्राउ पर्नेमा क्यासिनो किङ बले भनिने बलराम सापकोटा, सोभित सिलवाल, प्रदीप बोगटी, रामकृष्ण केसी, रञ्जन राजबंशी, सीताराम खड्का, रोशन तामाङ, राम तामाङ, कृष्ण भण्डारी, सुमन गुरुङ, सुमन अग्रवाल, सोदेल कार्की, पवन अग्रवाल, पवित्रकुमार कार्की, मुक्ति लामा, भक्त तामाङ, शम्भु बुढाथोकी, प्रेम थापामगर, अशोक श्रेष्ठ, हलामप्रसाद पराजुली, बुद्ध लामा, थम्कु शेर्पा र नवाङ लामा रहेका छन ।

प्रकाशित मिति : October 27, 2019 at 10:12 pm