१२ बैशाख २०८३, शनिबार | Sat Apr 25 2026

निर्मला पन्त प्रकरणमा नयाँ ट्वीष्ट, गृहमन्त्री थापाका छोराको डिएनए टेष्ट गर्न कांग्रेसको माग

१० कात्तिक, काठमाडाैँ । नेपाली कांग्रेसले कञ्चनपुरकी बालिका निर्मला पन्तको घटना फेरि उचाल्ने स्पष्ट संकेत दिएको छ । पूर्व प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा सहभागी कार्यक्रममा पार्टीका युवा नेता एवं तरूण दलका अध्यक्ष जितजंग बस्नेतले निर्मला हत्याकाण्डको छानविन निष्कर्षमा पुर्याउन कांग्रेसले सडक तताउने स्पष्ट संकेत दिए ।

तरुण दलले आफ्नो ६६ औं स्थापना दिवसको अवसरमा आइतबार ललितपुरमा आयोजित कार्यक्रममा उनले निर्मला पन्तको हत्यारा पत्ता लगाउन गृह मन्त्री रामबहादुर थापाका छोराको डीएनए परीक्षण गर्नुपर्ने दबाी गरे । उनले पटक पटक देउवातिर हेर्दै भने ‘मैले धेरैचोटी भनिसकेको छु, गृहमन्त्री रामबहादुर थापाज्यू तपाईंको छोरामाथि बलात्कारको आरोप लागेको छ, मलाई/तरुण दललाई गलत सावित गर्न एक पटक तपाईंको छोराको डीएनए टेस्ट गरौं ।’

स्रोतका अनुसार बस्नेतले देउवाकै अनुरोधमा गृहमन्त्रीको छोराको विषय उठान गरेका हुन । नेपाली कांग्रेसका नेताहरू धमाधम अपराधिक गतिबिधिमा समातिन थालेपछि सरकारलाइ अफ्ठेरो पार्न निर्मलाको विषय चर्को रूपमा उठाउने विषयमा सल्लाह भएको उक्त स्रोतले बताएको छ । जनमतबाट निमोठिएको कांग्रेस पछिल्ला गतिबिधबाट निकै अफ्ठेरोमा परेको छ । 

प्रकाशित मिति : 16:51