सरकारका विरूद्ध षडयन्त्र गर्ने र कुरा काट्नेको प्रतिवाद गर्न नेकपा अध्यक्ष प्रचण्डको अपिल
१० कात्तिक, काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डले सरकारको कुरा काट्नेको जमेर प्रतिवादन गर्न अपिल गरेका छन । नेपाल संवतको अवसरमा भक्तपुरमा अायोजित शुभकामना कार्यक्रममा अध्यक्ष प्रचण्डले सरकारलाई बद्नाम गर्ने प्रयास भइरहेको भन्दै त्यसका डटेर प्रतिवाद गर्न नेता कार्यकर्तालाइ अपिल गरे ।

उनले परिर्वतनविरोधी, निरंकुश प्रवृत्तिका मान्छेहरूलाई कम्युनिस्टहरुको एकता र सरकार मन नपरेको र उनीहरू अनेक गरेर सरकारविरूद्धमा कुप्रचारमा लगेको भन्दै जमेर प्रतिवाद गर्न अनुरोध गरे । ‘कतिपय मानिसहरू रातदिन उनीहरु यो पार्टीलाई के गरी कमजोर पार्न सकिएला, यो सरकारलाई के गरी बदनाम गर्न सकिएला, पार्टीका नेताहरुबीच के गरी विवाद गर्न सकिएला भनेर लागिरहेका छन्’ उनले भने ।
उनले भने ‘हाम्रो राष्ट्रका निम्ति राजनीतिक स्थायित्व जरुरी छ र तपाईंहरूले यस्ता प्रवृत्ति (बलियो सरकार भएको हेर्न नचाहने) विरुद्ध आ–आफ्नो ठाउँबाट प्रतिवाद गर्न अपिल गर्छु ।’ अध्यक्ष प्रचण्डले राजतन्त्रको अन्त्य गरी संघीय लोकतान्त्रिक गणतन्त्र, समानुपातिक समोवशिता ल्याउन सबैको भूमिका रहेको र काठमाडाैँको जनताको अझैबढी रहेको भन्दै प्रशंशा गरे ।


प्रकाशित मिति : 11:55









