नेकपाकी नेतृ एवं संविधानसभा सदस्य कमला सुवेदीको अल्पायुमै निधन
९ कात्तिक, काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की नेत्री एवं संविधानसभा सदस्य कमला सुवेदीको अल्पायुमै निधन भएको छ । शनिबार बिहान उनको उपचारकै क्रममा निधान भएको परिवारिक श्रोतले जनाएको छ । तत्कालीन नेकपा एमालेको केन्द्रीय सदस्य समेत रहेकी सुवेदीले संविधानसभा मार्फत नयाँ संविधान निर्माणको चरणमा निकै सक्रिय सहभागिता जनाएकी थिइन ।

लामो समयदेखि कम्युनिष्ट राजनीतिमा सक्रिय उनी रामेछापकी हुन । रक्तक्यान्सर भएपछि उनी केही वर्षदेखि उपचाररत रहेकी थिइन तर मृत्युका अघि उनको केही चलेन । सुवेदीको निधनपछि नेकपाका नेताहरूले एउटा सम्भावना बोकेको नेतृलाइ अल्पायुमै गुमाउनु परेको भन्दै दुःख प्रकट गरेका छन ।

प्रकाशित मिति : 08:47









