सांसद केशवराज पाण्डेको चियापानः प्रदेश राजधानीको निकास र नुवाकोटको विकासमा बहस
८ कात्तिक, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी प्रदेश नंवर ३ का सांसद केशवराज पाण्डेले आयोजना गरेको सबै चाडको शुभकामना तथा चियापान कार्यक्रम ज्यादै प्रभावकारी भएको छ । शुक्रबार काठमाडौँको गोंगबुमा पाण्डेको सम्पर्क सचिवालयमा आयोजित चियापान कार्यक्रम उपस्थित सबै पार्टीका नेताहरूले प्रदेशको स्थायी राजधानी तोकेर निकास दिनुपर्ने देखि नुवाकोटको विकासका बारेमा रचनात्मक सल्लाह, सुझाव र प्रतिवद्भताहरू व्यक्त गरेका छन ।

शुभकामना कार्यक्रममा बोल्ने सबै नेताहरूले प्रदेश ३ को स्थायी राजधानी नुवाकोट उपयुक्त हुने राय राखे । नेकपाले चुनावअघिदेखि नै नुवाकोट प्रदेश राजधानी बनाउने विषयमा विशेष पहलकदमी लिएको छ भने प्रदेशसभाको बैठकमा समेत नुवाकोटका सांसदहरूले प्रदेशको राजधानी नुवाकोटनै हुनुपर्ने भन्दै प्रस्ताव पेश गरेका छन । स्थायी राजधानी टुंगोमा पुर्याउने तयारी भैरहेको सन्दर्भमा कार्यक्रमका सबैजसो वक्ताले नेपाल इतिहासको एकीकरणको सुरूवात भएको एेतिहासिक जिल्ला र विकासको दृष्टिकोणमा पछाडि परेको कारण नुवाकोटमा राजधानी हुनुपर्ने तर्क अघि सारे ।

नेकपाको प्रदेश नम्बर ३ की प्रमुख अष्टलक्ष्मी शाक्यले प्रदेशको स्थायी राजधानीको विषणमा छिट्टै निर्णय गर्ने तयारी भएको भन्दै सबै जनताको तर्फबाट रायसुझाव आउनुपर्ने बताइन । उनले नुवाकोट राजधानीका लागि उपयुक्त रहेको र टोखा छहरे सुरुङमार्ग पश्चात जिल्लामा आवतजावत गर्न समेत सहज हुने बताइन । संघीय सांसद हितवहादुर तामाङ, नारायण खतिवडा, प्रदेश सांसद बद्री मैनाली, आशामाया तामाङ, केशव स्थापित लगायत थुप्रै नेता तथा कार्यकर्ताहरुले प्रदेशको राजधानीका लागि नुवाकोट उपयुक्त जिल्ला भएको बताए ।

कार्यक्रममा उनीहरूले नुवाकोट(छहरे सुरूङमार्ग बन्ने अवस्थामा पुगेको भन्दै अब विकासको गति बढ्ने बताए । उनीहरूले नेपाल कम्युनिष्ट पार्टीको नेतृत्वमै प्रदेश ३ का जनताको समृद्भिको माध्यमबाट प्रदेश सम्पन्न हुने बताए । कार्यक्रमको आयोजक सांसद केशवराज पाण्डेले सहकार्य र सहमतिको राजनीतिका लागि चियामान महत्वपूर्ण रहेको भन्दै शुभकामना देखिको सहभागिताले उत्साह थपेको बताए । नुवाकोटको आमुल परिवर्तन गर्ने जिम्मा नेकपाका प्रतिनिधिले पाएको भन्दै विकासका लागि संवेदनशील बनेर लागेको बताए ।
उनले व्यक्तिगत र पार्टीगत स्वार्थभन्दा माथि उठेर नुवाकोट जिल्ला र नुवाकोटका जनताको लागि काम गर्ने बताए । उनले प्रदेश राजधानीका लागि अन्तिम समयसम्म पनि लडाइँ जारी राखिने बताए । कार्यक्रममा नुवाकोटका र काठमाडौँका कांग्रेस नेताहरूले समेत सहभागिता जनाएका थिए । विभिन्न पार्टीका नेता र नेकपाका कार्यकर्ता गरी झण्डै १५ सय जनाले चियापानमा सहभागिता जनाएको सांसद पाण्डेका स्वकीय सचिव समेत रहेका अनेरास्ववियू नुवाकोटका संयोजक विष्णु दाहालले बताए ।



प्रकाशित मिति : 23:49









