१२ बैशाख २०८३, शनिबार | Sat Apr 25 2026

१२ बर्ष अघिको मुद्दामा आलमलाई फसाउन खोजेको भन्दै काँग्रेस कालोपट्टी बाँधेर सडकमा उत्रियो

८ कात्तिक, रौतहट । सरकारले १२ बर्ष अघिको मुद्दामा निलम्बित सांसद मोहम्मद अफ्ताव आलमलाई फसाउन खोजेको भन्दै नेपाली काँग्रेस कालोपट्टी बाँधेर सडकमा उत्रिएकाे छ ।  शुक्रबार काँग्रेस निकट कार्यकर्ताले जिल्ला सदरमुकाम गौरमा मुखमा कालोपटी बाँधेर मौन प्रदर्शन गरेका हुन् ।

गत असोज २६ गते प्रहरीले आलमलाई पक्राउ गरेपछि काँग्रेसले आपत्ति जनाउँदै आएको छ । पहिलो संविधानसभाको पूर्वसन्ध्या २०६४ चैत्र २७ गते बम विष्फोटनमा घाइते दर्जन बढी मानिसलाई ईँटाभठामा जिउँदै जलाएको आरोपमा आलम अहिले प्रहरी हिरासतमा रहेका छन् ।

सर्वोच अदालतको आदेशमा उनलाई गत असोज २६ गते गौर चन्द्रनिगाहपुर सडकखण्डको इद्रिशगेट नजिकैबाट आलमलाई प्रहरीले पक्राउ गरेको थियो । अनुसन्धानका लागि जिल्ला अदालत गौरबाट शुक्रबार तेस्रो पटक आठ दिनका लागि म्याद थप गरिएको छ ।

प्रकाशित मिति : 15:08