जनयुद्धलाई अपराध नबुझ्नुस्, पार्टीका दुई अध्यक्षबीच कुनै विवाद छैनः कावा प्रधानमन्त्री पोखरेल
८ कात्तिक, विराटनगर । कार्यबाहक प्रधानमन्त्री इश्वर पोखरेलले जनयुद्धलाई अपराधको रूपमा नबुझ्न आग्रह गरेका छन । विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै कार्यबाहक प्रधानमन्त्री पोखरेलले सरकारले सबै खालका अपराधमा अनुसन्धान गरेर दोषीलाई कारबाही गर्ने बताए । त्यसपछि पत्रकारले जनयुद्धको अपराधीलाई पनि कारबाही हुन्छ त भनेर गरेको प्रश्नमा उनले जनयुद्धलाई अपराधको रूपमा नबुझ्न आग्रह गरे ।

सोहीक्रममा कार्यबाहक प्रधानमन्त्री पोखरेलले पार्टीका दुई अध्यक्षबीच कुनै विवाद नरहेको स्पष्ट पारे । उनले पार्टी भित्र बहस र छलफल हुनु समान्य विषय भएको भन्दै बाहिर आएको जस्तै अध्यक्षहरूको बीचमा कुनै विवाद नभएको बताए । सोहक्रममा गौर हत्याकाण्डको विषयमा पनि छानविन हुने बताए । कार्यबाहक प्रधानमन्त्री पोखरेलल ग्रेस नेता मो। अफ्ताव आलम प्रतिशोधले नभइ उनी आफ्नै अपराधले पक्राउ परेको बताए ।
प्रकाशित मिति : 11:47









