९ जेष्ठ २०८३, शनिबार | Sat May 23 2026

गौर हत्याकाण्डको विषयमा पनि छानविन हुन्छः कार्यबाहक प्रधानमन्त्री पोखरेल

८ कात्तिक, विराटनगर । कार्यबहाक प्रधानमन्त्री ईश्वर पोखरेलले गौर हत्याकाण्डको विषयमा पनि छानविन हुने बताएका छन । मोरङको एउटा चियापान कार्यक्रममा सहभागी हुन जानेक्रममा विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै कार्यबाहक प्रधानमन्त्री पोखरेलले गौर हत्याकाण्डको विषयमा पनि छानविन हुने भन्दै विगतमा भएका जुनसुकै आपराधिक घटनाको निष्पक्ष रूपमा खोजविन हुने बताए ।

उनले जनयुद्धमा भएका घटनाको विषयमा छनविन नहुने भन्दै जनयुद्धलाई अपराधको रुपमा नबुझ्न अनुरोध गरे । कार्यबाहक प्रधानमन्त्री पोखरेलल ग्रेस नेता मो. अफ्ताव आलम प्रतिशोधले नभइ उनी अाफ्नै अपराधले पक्राउ परेको बताए । पखरेलले पार्टीका दुईजना अध्यक्षबीच कुनै विवाद नभएको पनि स्पष्ट पारे ।

प्रकाशित मिति : October 25, 2019 at 11:26 am