९ जेष्ठ २०८३, शनिबार | Sat May 23 2026

त्रिवि जनप्रशासन केन्द्रीय विभागमा कांग्रेसको गुटको लडाइँ, पदाधिकारी कार्यकक्षमा नेविसंघको ताला

८ कात्तिक, काठमाडाैँ । त्रिभुवन विश्व विद्यालय जनप्रशासन केन्द्रीय विभागमा नेपाली कांग्रेसको दुइ गुटको लडाइँले गर्दा त्रिवि पदाधिकारीको कार्यकक्षमा नेविसंघले ताला लगाएको छ । उनीहरूले उनीहरूले अनुचित ढंगले जनप्रशासन केन्द्रीय विभागको विभागीय प्रमुख नियुक्ति गरेको आरोपमा तालाबन्दी गरेका हुन्। नेविसंघ जनप्रशासन एकाइका प्रतिनिधिले जनप्रशासन विभागका प्रमुखको कार्यकक्षसहित त्रिविको रजिस्ट्रार, उपकुलपति र रेक्टरको कार्यकक्षमा तालाबन्दी गरेका हुन् ।

वरिष्ठतम प्राध्यापकलाई विभागीय प्रमुख नियुक्ति गर्नुपर्ने, एउटै व्यक्ति दुईवटा संस्थाको प्रमुख राख्न नहुने र विभागमा आवश्यक कर्मचारीको दरबन्दी उपलब्ध गराउनुपर्ने मागसहित तालाबन्दी गरिएको संघका एकाइ अध्यक्ष सुदीप श्रेष्ठले बताएका छन । त्रिविले निमित्त प्रमुख प्राध्यापक यशोधा काफ्लेको तीनमहिने कार्यकाल सकिएपछि उपप्राध्यापक हरिभक्त शाहीलाई निमित्त प्रमुख नियुक्त गरेको छ। यो नियुक्तिसँगै विद्यार्थीहरू आन्दोलित भएका हुन् । अान्दोलन गर्ने र नियुक्ति पाउने सबै कांग्रेस निकट हुन । उनीहरूले गुट नमिलेकाले बिरोध गरेको प्राध्यापकहरूले बताएका छन ।

प्रकाशित मिति : October 25, 2019 at 8:55 am