नेकपाका सांसद केशवराज पाण्डेको चियापान भोलि, नुवाकोटका सम्पूर्ण जनतालाई निमन्त्रणा
७ कात्तिक, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका प्रदेश नम्बर ३ का सांसद केशवराज पाण्डेले शुक्रबार नुवाकोटका नेता, कार्यकर्ता र जनताका लागि शुभकामना आदनप्रदान र चियापान कार्यक्रम राखेका छन । पाण्डेका सचिवालयका सदस्य समेत रहेका अनेराववियु नेता राजेन्द्र गजुरेलका अनुसार सामाजिक सञ्जाल र विभिन्न सञ्चार माध्यम मार्फत सम्पूर्ण जनतामा निमन्त्रणा गरिएको छ । पाण्डेको सचिवालमै हुने चियापान कार्यक्रममा नुवाकोटका अलवा प्रदेश सरकारका मुख्यमन्त्री, मन्त्री लगायतलाइ पनि निमन्त्रणा गरिएको छ । दिउँसो १ बजेदेखि साँझ ५ सम्म चियापान कार्यकम हुने सचिवालयले जनाएको छ ।

अघिल्लो वर्ष कात्तिक १७ गते पाण्डेको सचिवालयमै अायोजित चियापान कार्यक्रममा प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पाैडेल र पूर्वमन्त्री समेत रहेका नेकपाका नेता महेन्द्रबहादुर पाण्डे, नुवाकोटका प्रतिनिधिसभाका सदस्यहरू हितबहादुर तामाङ र नारायणप्रसाद खतिवडा, प्रदेश सांसद हिरानाथ खतिवडा, बद्री मैनाली र अाशामाया तामाङ, पूर्व सांसद समेत रहेकी नेकपाकी नेतृ विमला सुवेदी, नेकपाका नेता रामशरण प्याकुरेल लगायत सहभागी भएका थिए । त्यस्तै नुवाकोटको बेलकोटगढी नगरपालिकाका मेयर राजेन्द्र रमण खनाल, विदुर नगरपालिकाका मेयर सञ्जु पण्डित, काठमाडाैँको तारकेश्वर नगरपालिकाका मेयर रामेश्वर बोहरा, नुवाकोटको तारकेश्वर गाउँपालिकाका प्रमुख रमेश वस्ती लगायत एक हजार भन्दा बढी मानिस सहभागी भएका थिए ।

प्रकाशित मिति : 21:59









